काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागले गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि वाटर एम्बुलेस पठाएको छ । फोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा आज वाटर एम्बुलेन्स पठाएको हो ।
मुसिकोट नगरपालिका–४ स्थित दजाकोट क्षेत्रमा पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात वाटर एम्बुलेन्स पठाएको हो ।
पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्युब र ब्लिचिङ पाउडरलगायतका सामाग्री बोकेर विभागको विज्ञ टोली दजाकोट गएको छ । स्थलगत रुपमै पानीको गुणस्तर परीक्षण गरी पिउन हुने या नहुने भन्ने तथ्य उक्त वाटर एम्बुलेन्सबाट पत्ता लाग्ने छ ।