१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ ग्राम खैरो हिरोइनसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं चन्द्रागिरी न.पा वडा नं. २ नागढुंगास्थित चेकपोइन्टबाट खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा कैलाली टिकापुर न.पा वडा नं. १ घर भएका २५ बर्षीय भरत भण्डारी रहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ५९७२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा भण्डारी बसेको सिटमुनि कालो प्लाष्टिकमा पोका पारी बेरी लुकाईछिपाई ल्याइएको लागु औषध खैरो हेरोईन १३.८८ ग्राम फेला परेको हो ।

पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान भइरहेको जनाइएको छ ।