१७ भाद्र २०८३, बुधबार
,
Latest
‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो हाब्रे संरक्षणका लागि धामी झाँक्री नाटक



अ+ अ-

खलङ्गा । कर्णालीमा पाइने लोप हुँदै गइरहेको रातो हाब्रे (रेड पाण्डा) संरक्षणमा सरोकारवाला निकायहरु जुटेका छन् ।

रेडपाण्डा संरक्षण गरिनुपर्ने विषयमा जनचेतनामूलक कार्यक्रमसमेत अघि सार्ने र पूर्वाधार तयार गर्ने विषयमा स्थानीय सरोकारवाला निकाय र सामाजिक सङ्घसंस्थाहरु अघि बढेका हुन् । रेडपाण्डालगायत वन्यजन्तु संरक्षण अभियानमा यहाँका धामी–झाँक्री, आमा समूह र युवा जनचेतनामूलक कार्यक्रम तथा सकारात्मक प्रचार कार्यक्रमसहित जुट्ने भएका हुन् ।

सो दुर्लभ जीव संरक्षणका लागि जुम्लामा रेडपाण्डा नेटवर्कको समेत केही साताअघि गठन गरिएको छ । रेडपाण्डा नेटर्वको सहयोग तथा हातेमालो नेपाल जुम्लाको समन्वयमा मङ्गलबार जुम्ला सदरमुकाममा भएको अभिमुखीकरणमा संरक्षणमा सबै जुटेर अघि बढ्नुपर्ने प्रतिबद्धता जनाएका छन् । रेडपाण्डाको बासस्थान विनाश, खण्डीकरण, चोरी सिकारी र संरक्षित क्षेत्रमै सङ्ख्या कम हुनु संरक्षणका मुख्य चुनौती रहेकाले रेडपाण्डाको संरक्षणमा जुट्ने योजना बनाइने बताइएको छ ।

यसका साथै रातो हाब्रेको बासस्थान पहिचान गर्ने, नियमित अनुगमन गर्ने, सामुदायिक वनका पदाधिकारीहरुलाई सशक्तीकरण गरेर बासस्थानको संरक्षण गर्ने कार्यमा सरिक हुनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक सीताराम रिजालले वन्यजन्तुको चोरी–सिकारी गरेमा कसैलाई छुट गर्न सकिने अवस्था नरहेको जानकारी गराउनुभयो । गाउँमा रहेका धामी झाँक्रीले वन्यजन्तु संरक्षणका लागि सचेत गराउन सक्ने भएकाले सक्रिय हुन उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सहभागीले रातो हाब्रेका बारेमा पहिले जानकारी नपाएको भन्दै उहाँले संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् । वनमा जाँदा जथाभावी आगलागी गर्ने, खुल्ला चरिचरन गर्ने परम्परालाई कम गर्दै खाली रहेको जग्गामा बोटबिरुवा लगाउनेमा ध्यान दिनुपर्ने स्थानीयवासी जोड रहेको छ ।




भर्खरै