१४ असार २०८३, आईतवार
,
Latest
समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’ काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल आर्थिक विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्ति बाल अस्पतालमा चरम लापरबाही, यस्तो हुन्छ सेटिङ



अ+ अ-

काठमाडौं । बालबालिकाको उपचार गर्ने मुलुककै सबैभन्दा पुरानो र नाम चलेको पहिलो सरकारी अस्पताल कान्ति बाल अस्पताल पछिल्लो समय बेथितिको चाङले थिचिन पुगेको पुष्टि तलका घटनाले गर्छ ।

घटना १

दोलखा फसफुसका विष्णुबहादुर बस्नेतका ६ वर्षीय छोरा प्रवीणलाई खाना खान मन नलाग्ने र ज्वरो आउने समस्या भयो । विष्णुबहादुर अस्पताल पुगे, रिपोर्ट पनि देखाए । तर, रिपोर्टको अवस्था कस्तो छ भनेर देखाउन चिकित्सक नहुँदा विष्णुबहादुर रित्तै हात फर्किन बाध्य भए । उनले भने, ‘आइतबार र बुधबार चिकित्सक आउने रे ? बुधबार बिदा थियो अस्पतालमा । आज (बिहीबार) आएको कसैले यता जा भने, कसैले उता जा भने, के गर्नु हामीलाई वास्ता नै गर्दैनन् ।’
वार्डमा गएर चिकित्सक खोज्न अस्पतालले भन्ने गरे पनि चिकित्सक नभेटाएको उनले बताए । चिकित्सक अस्पतालमा नभेटिँदा आफू निकै दुःखी भएको गुनासो गरे ।

घटना २

ओपीडीमा बस्ने ठाउँ अभाव छ । दाङ घोराहीका रविन बस्नेतले तीन वर्षीय छोरा साजनलाई उपचारका लागि ल्याएका थिए । उनले भने, ‘के गर्नु बिरामी र हामीलाई चिकित्सक र अस्पताल दुवैले चासो नै दिँदैनन् । उल्टै थर्काउँछन् ।’
उनी बच्चालाई कोखमा राखेर भुइँमा बसिरहे । न त अस्पतालको हेल्प डेस्कले उनलाई वास्ता गर्यो न त अस्पताल प्रशासनले नै ।

अस्पतालको खोप शाखा पुग्दा सेवाग्राही सप्तरीका नरेन्द्रनारायण शाह र सो शाखामा कार्यरत नीरु पालीबीच भनसुन भइरहेको थियो । नरेन्द्रनारायणका आठ वर्षीय छोरा पृथ्वीईश्वरलाई हेपाटाइटिस ‘ए’विरुद्धको (एमएमआर) खोप लगाउनुपर्ने थियो । तर, नीरुले भनिन्, ‘१५ महिनासम्मका बालबालिकाका लागि आवश्यक पर्ने खोप मात्रै हुन्छ । त्यसकारण, तपाईं अन्यत्र जानुस् । सरकारले नै हामीलाई बाँधेको छ । त्यहीअनुसारको खोप आउँछ ।’ नरेन्द्रनारायणले आफूलाई कान्ति बाल अस्पतालले निजी क्लिनिकमा रेफर गरेको बताए । उनले भने, ‘मेरो छोरो पनि त बालक हो । के गर्नु बाल अस्पतालले बालबालिकालाई नै वास्ता गर्दैन ।’
अस्पतालहरु बिरामीमैत्री हुनुपर्छ भनिए पनि नारामा मात्र सीमित भएको पाइएको छ । सेवाग्राहीलाई अस्पतालले अभद्र व्यवहार गर्दा पनि उनीहरु तै चुप मै चुप भएर बस्न बाध्य छन् । अस्पताल प्रशासन आफैंले केन्द्रीय अस्पतालका रूपमा अझै स्तरोन्नति हुन नसकेको स्वीकार गर्छन् ।

  • मासिक २ हजार बिरामी रेफर
  • दैनिक सात सयसम्म बिरामी, चिकित्सक ४८ जना मात्रै
  • कर्मचारीबाटै बिरामीका आफन्त पीडित
  • रोटा भाइरसविरुद्ध खोपको चरम अभाव

रोटा भाइरसविरुद्धको खोप अहिले कान्तिमा छैन । पाँच वर्षमुनिका बालबालिकालाई बढी सताउने यो भाइरसविरुद्धको खोप सरकारले निःशुल्क उपलब्ध गराउने बताए पनि अहिले अभाव खड्किएको छ ।
चिकित्सक आइसकेपछि चिकित्सकहरुको कार्यकक्षभित्र बिरामी बोलाउने जिम्मेवारी पाएका कर्मचारीहरुले बिरामीलाई थर्काउने गरेका छन् । रिपोर्टर कोठा नम्बर ४(ख) मा पुग्दा ती कर्मचारीले सेवाग्राहीलाई अपशब्द समेत प्रयोग गरेका थिए । ती कर्मचारीले भनिन्, ‘मेरो टाउको दुखिसक्यो । कति कराएको, बोल्न सकेको । सबै जना बाहिर जानुस् त ।’ बिरामीका आफन्तहरु अस्पताल पुग्दा अलमिलिने गरेको देख्न सकिन्छ ।
अस्पतालमा रहेको सीटी स्क्यान मेसिन र डीआर मेसिन पटक–पटक बिग्रने गरेकोले मासिक २ हजार २ सय बिरामीलाई अन्यत्र पठाउने गरेको छ । कान्ति बाल अस्पतालले ४ करोड ५४ लाख मूल्यको सीटी स्क्यान मेसिन र जापान सरकारबाट प्राप्त डीआर मेसिन पटक–पटक बिग्रने गरेका कारण बिरामी रेफर हुने गरेको महालेखापरीक्षकको ५६औं प्रतिवेदनले पनि देखाउँछ ।

हाल अस्पतालमा २ सय ९८ बेड छन् । दैनिक ६–७ सय बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी रमेशनरसिंह केसीले बताए । सरकारी चिकित्सक दरबन्दीको संख्या ७९ जना रहे पनि हाल ४८ जना चिकित्सक कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ । हाल अस्पतालमा १३ वार्ड छन् । तर, ३६ मेडिकल अधिकृत, एक रेडियोलोजिस्ट, एक प्याथोलोजिस्ट, एक अर्थोपेडिक, एक ईएनटी (नाक, कान, घाँटी) सर्जन, एक डेन्टलको पद पूर्ति हुन सकेको छैन ।
अस्पतालका सूचना अधिकारी केसीले भने, ‘बिरामीको चाप धेरै छ । तर, दरबन्दी कम छ । अस्पतालमा कतिपय सवालमा बिरामीमैत्री व्यवहार भएन होला । हामी बैठक बसेर सच्चिएर अघि बढ्छौं ।’ राजधानीबाट




भर्खरै