५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलोमा ट्रम्प र दोस्रोमा ओलीबाट प्रेसमाथि खतरा छ : कोइराला



अ+ अ-

काभ्रे । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबैभन्दा पहिलोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दोस्रोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रेसमाथि खतरा रहेको आरोप लगाएका छन् । उनले नेपाल र अमेरिकामा मात्रै नभई प्रेस स्वतन्त्रतामाथि विश्व भर खतरा रहेको बताए ।

प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनमा नेता कोइरालले ट्रम्प र प्रधानमन्त्री ओलीबाट प्रेसमाथि खतरा रहेको भन्दै उनले भने, ‘मिडियामा आफूविरुद्ध वा आफूलाई मन नपर्ने समाचार आएपछि उहाँहरुले म मात्रै सत्य भनेर क्रुर बन्ने गर्नु भएको छ ।’

नेपालमा अहिले राजा महेन्द्रको भन्दा पनि क्रुर शासन चल्न थालेको भन्दै पत्रकारलाई किन डराएको भन्ने प्रश्न गरे ।