६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी हिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउनू : गृह मन्त्रालय



अ+ अ-

प्रतिकात्मक तस्वीर

काठमाडौं । सरकारले पूर्वी हिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउन सचेत गराएकोछ ।

पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपातको सम्भावना भएकोले आज (शुक्रबार)देखि शनिबारसम्म हेलिकोप्टर नउडाउन सचेत गराएको हो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र (एनइओसी) ले मौसम बदली हुँदा हिमाली भेगमा हिमपात हुनसक्ने र भारतमा आएको फानी आँधीको प्रभाव पनि पर्न सक्ने भएकोले शनिबारसम्म हेलिकोप्टर उडान नगर्न आग्रह गरेको हो।

केन्द्रले सूचना जारी गर्दै पूर्वी हिमाली क्षेत्रमा रहेका पर्यटकहरुलाई पनि सुरक्षित स्थानमा रहन भनेको छ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि शनिबारसम्म घामपानी भइराख्ने जनाएको छ। हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने र आइतबारदेखि पूर्णरुपमा मौसममा सुधार आउने महाशाखाको भनाइ छ।