काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसद पुगेकी छन् ।
संघीय संसद नयाँ वानेश्वरमा भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
राष्ट्रपति संसद भवन पुग्दा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गरेका थिए ।
राष्ट्रपतिले सम्बोधन नीति तथा कार्यक्रम सुरु गर्नुभन्दा आधा घण्टा अगाडि नै सांसदलाई आ–आफ्नो स्थानमा आशन ग्रहण गरेका छन् । राष्ट्रपतिका लागि सभामुखको आशनको दायाँपट्टि विशेष आशनको व्यवस्था गरिएको छ ।