२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोसाइँकुण्डमा भक्तजन आउने क्रममा वृद्धि



अ+ अ-

काठमाडौं । गर्मीयाम शुरु भएलगत्तै पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड जाने यात्रुको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । गोसाइँकुण्डमा परेको हिउँ विस्तारै पग्लिन थालेपछि भक्तजन स्नान र पूजाआजाका लागि आउन थालेको हुन् ।

पवित्र तीर्थ गोसाइँकुण्डको दहमा जमेको अधिकांश हिउँसमेत पानीमा परिणत हुँदै जाँदा धार्मिक विधिपूर्वक डुबुल्की मार्न सक्ने वातावरण सिर्जना भएको, धार्मिक मार्गमा खाने, बस्ने सबै होटल तथा लज सञ्चालनमा आइसकेको चन्दनबारीका होटल व्यवसायी पासाङ घिर्मी तामाङले जानकारी दिए ।

गत विगतको तुलनामा यस वर्ष भारी मात्रामा परेको, हिमपातका कारण गोसाइँकुण्डका होटल बन्द रहेका थिए । यात्रुको आगमन हुन थालेपछि आवश्यक खाद्यान्नको व्यवस्था भएको गोसाइँकुण्डका व्यवसायी आङबाबु तामाङले बताए।

समुन्द्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा रहेको पौराणिक धार्मिक क्षेत्र गोसाइँकुण्ड जानका लागि काठमाडौँदेखि गल्छी, त्रिशूली, बेत्रावती, कालिकास्थान हुँदै धुञ्चेसम्म एक दिन सवारी साधन र दोस्रो दिन धुञ्चेबाट २५ किलोमिटर उकालो यात्रा गर्नुपर्दछ । गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूणिमा पर्वमा पाँच दिनसमेत वर्षको १५ दिन विशेष मेला लाग्ने भए पनि केही वर्षयता अन्य समयमा पनि यात्रु जान थालेका छन् ।

पौराणिक कथनअनुसार समुन्द्र मन्थनबाट निस्केको कालकुट विष सेवन गर्नुहुँदा डाहा र छट्पटीले पानीको खोजी गर्दै निलाद्री पर्वत पुगी त्रिशूलको सहायताले जल उत्पन्न गराई आफ्नो प्यास मेटेपश्चात् सोही जलबाट बनेको नीलकण्ठ दहमा विराजमान भएका भगवान्को दर्शनार्थ भक्तजन गोसाइँकुण्ड जाने गर्दछन् ।