५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी सोमवार बाग्लुङ जाने, यस्तो छ कार्यक्रम



अ+ अ-

काठमाडौं । सोमवार राष्ट्रपति विद्यादेवी भण्डारी बाग्लुङ जाने भएकी छन् । जिल्लाको अमलाचौरमा आयोजित एक कार्यक्रममा सहगाभी हुने बतईएको छ ।

राष्ट्रपति स्वर्गीय समाजसेवी हिरण्यप्रसाद ढकालको स्मृतिमा उनका छोराहरु चन्द्रप्रसाद ढकाल र हेमराज ढकालद्धारा निर्मित विद्यालय भवन हस्तान्तरण र पूर्वविद्यार्थीहरुको सकृयतामा स्थापना गरिएको मल्टिमिडिया सेन्टरको उद्धघाटन गर्ने कार्यक्रमतय भएको पृथ्वी हिरण्य माध्यमिक विद्यालयले जनाएको छ ।

उद्यमी ढकाल दाजुभाईले करिब साढे ६ करोड रुपैयाँ लागतमा सो अत्याधुनिक विद्यालय भवनको निमार्ण कार्यक्रमलाई राष्ट्रिय सभामा सत्तारुढ दलका नेता दिनानाथ शर्मा, सांसदद्धय डा. सूर्य पाठक, देवेन्द्र पौडेल लगायतले सम्वोधन गर्ने कार्यक्रमतय गरिएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले पूर्वविद्यार्थी तथा गैरआवासीय नेपालीहरुबाट संकलित ५० लाख रुपैयाँको अक्षयकोषको चेक राष्ट्रिपति भण्डारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिने छ ।

पूर्वविद्यार्थीहरुले सो विद्यालय हाताभित्र अत्याधुनिक कप्पुटर ल्याव, विज्ञान प्रयोगसाला स्थापना गरेका छन् । यसअघि सो विद्यालय भवनको सिलन्यास गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षद्धय शेष घले र जीवा लामिछानेको विशेष उपस्थितीमा गरिएको थियो ।