१४ असार २०८३, आईतवार
,
Latest
पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी नदिए आन्दोलनमा उत्रने धरानको चेतावनी



अ+ अ-

धरान । प्रदेश १ को नाम र राजधानी तोक्ने कसरत भइरहँदा धरानको नागरिक समाज र राजनीतिक दलहरुले राजधानीको माग गर्दै सशक्त आन्दोलन गर्ने भएका छन्।

प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने मिति सँघारमा आएको र नेकपाले राजधानी तोक्दा धरानमा कुनै पनि संरचना ल्याउने सम्भावना नरहेपछि धरानका राजनीतिक दल र नागरिक समाज आन्दोलनमा उत्रिएका उनीहरुले बताएका छन्।

धरान उपमहानगरपालिकाको पहलमा शनिबार साँझ आकस्मिक सर्वपक्षीय बैठक बसेर सशक्त आन्दोलन गर्ने निर्णय गरेका हुन्। ‘राजधानीको माग गर्दै सशक्त संघर्ष शुरु गर्ने निर्णय ग–यौं, धरानमा पर्याप्त पूर्वाधार भएर पनि केही छैन भन्दै गलत प्रचार भयो,’ कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन्, ‘हामीले राजधानी र मन्त्रालयको लागि आवश्यक जग्गा र संरचना दिन्छौं भनेर वितरण नै दिएका छौं। हामी धरानमा राजधानी चाहन्छौं।’ यो खबर आजको नागरिक दैनिकमा छ ।