५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँचो मासु खाँदा १६ जना बिरामी



अ+ अ-

डोटी । बाख्राको काँचो मासु खाँदा १६ जना बिरामी परेका छन् । बिरामी परेकामा बाल-बालिका र वृद्ध-वृद्धा रहेको बताइएको छ ।

शनिबार दिउँसो आदर्श गाउँपालिका १ मेलगडाका बाख्राको काँचो मासु खाने १६ जनामा समस्या आएको स्थानीयले बताए । बिरामीहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। अहिले उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार १६ जना मध्ये सामान्य अवस्था रहेका मानी खड्का र उनका छोरा नारद र छोरी अनिसा खड्का स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर फर्किएका छन् भने बाँकी १२ जनाको उपचार भइरहेको र आज बेलुकीसम्म उनीहरुको पनि डिस्चार्ज हुने अस्पतालले जानकारी दिएको छ ।