५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको दुखेसो : न्यानो स्याटलाइट मेरो पालाको हो, केपी सरकारले आफैंले अन्तरिक्षमा पठाएको दाबी गरे



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यानो स्याटलाइट आफ्नो पालामा सुरु भएको जनाएका छन् । उनले आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको आरोप लगाउका छन् ।

नीति तथा कार्यक्रममाथि आइतबारबाट संसदमा सुरु भएको छलफलमा भाग लिँदै देउवाले सरकारको नीति तथा कार्यक्रममा बकफूसे र उडन्ते कार्यक्रमहरु राखिएको बताए ।


न्यानो स्याटलाइट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएको भन्दै उनले भने, ‘यो सरकारले आफैंले अन्तरिक्षमा पठाएको जस्तो बकम्फूसे दाबी गरेको छ ।’

भारतमा प्रस्तावित एउटा जलमार्गका लागि १११ करोड लाग्ने भएपनि सरकारले पानी जहाज आइसके झै गरेर पानी जहाज कार्यालय खोलेको देउवाले बताए ।