५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

८१८ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ



अ+ अ-


प्रतिकात्मक तस्वीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक शतिश कुमार अरोरा रहेका छन् ।

अरोरालाई विमानस्थल भन्सार कार्यालयले ८१८ ग्राम सुनसहित पक्राउ गरेको हो।

थाइल्यान्डको बैंककबाट काठमाडौं आउँदै गरेका उनलाई अवैध सुनसहित पक्राउ गरिएको भन्सार कार्यालय स्रोतले जानकारी दियो।

सुटकेसको चारैतिर हुने रबर वा स्टिलको वायर हटाएर त्यसमा सुनको वायर लगाएर बाहिरस अल्मुनियम कोटेट गरिएको थियो। त्यस्तै सुटकेसमा कृतिम बटम सिर्जना गरी १४८ वटा सुनका बटम राखिएको भन्सार स्रोतले जनाएको छ।