१७ भाद्र २०८३, बुधबार
,
Latest
प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलङ्कीमा आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू



अ+ अ-

काठमाडौं । कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने भएको छ ।

महाशाखाले यसअघि रत्नपार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक सवारी चाप हुने क्षेत्रमा सो व्यवस्था लागू गरेको थियो ।

शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त र दुरुस्त बनाउनका लागि उक्त व्यवस्था लागू गरिएको जानकारी दिए । “पिक एण्ड ड्रप व्यवस्था लागूसँगै कलङ्की क्षेत्रमा हुने सवारी जाम कम हुने विश्वास हामीले लिएका छौँ,”–उनले भने ।




भर्खरै