२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बजेट हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसद पुनको माग खपत बढाउन उत्पादनमूलक उद्योग आवश्यक छ : परिसंघ अध्यक्ष पाण्डे ऊर्जा क्षेत्रको बजेटले समस्या समाधानको सङ्केत गरेको छ : चेम्बर अध्यक्ष लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन समितिमा राहुल केसी नियुक्त सुनचाँदीको मूल्य बढ्यो कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा, वनमा ३८ बढी आयोजना अड्किएको इप्पान अध्यक्ष कार्कीको गुनासो विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खुला गर्न आचार्यको माग ऊर्जा क्षेत्रमा इतिहास रच्ने अवसर मन्त्री श्रेष्ठलाई छः इप्पान अध्यक्ष कार्की औद्योगिक क्षेत्रको भाडा विवाद चर्कियो, उद्योगीहरू पुनः अदालत जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्निर्माणको प्रगति र अनुभव सुनाउन ज्ञवाली जेनेभा प्रस्थान



अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्।

जेनेभामा मे १३ देखि १७ सम्म पुनर्निर्माण सम्बन्धी चौथो विश्व सम्मेलन र विपद् जोखिम व्यवस्थापन सम्बन्धी ग्लोवल प्लेटफर्ममा भूकम्पपछि नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी भएका प्रगति र अनुभवबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएर ज्ञवाली जेनेभा उडेका हुन्।

उनले नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा कार्यपत्र पेश गर्ने कार्यतालिका छ।

ज्ञवालीको टोलीमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कर्मचारी सहभागी छन्