• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी

अमेरिकी र रुसी राष्ट्रपतिबीच भिडियोमार्फत् वार्ता युक्रेनमा रुसले आक्रमण



वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियोमार्फत् वार्ता भएको छ । सो वार्ताका क्रममा उहाँहरुबीच दुई देशबीचको सम्बन्धका विविध आयामहरुका बारेमा कुराकानी भएको बताइएको छ ।उहाँहरुका बीचमा मंगलबार भिडियो वार्ता भएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । प्राप्त समाचारअनुसार उहाँहरुबीच दुई देशका आपसी सम्बन्धका साथै युक्रेन र अरु विविध क्षेत्रीय समस्याका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा रुसी संलग्नताका विषयमा कुराकानी भएको र यस विषयमा अमेरिकाको चासो रहेको बताउनुभएको थियो ।भिडिओ वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेको एक समाचारमा जनाइएको छ । उता रुसले पछिल्लो समय युक्रेनसँगको सीमानजिकमा सैन्य उपस्थिति बढाएको छ । यस विषयमा अमेरिकाले चासो राख्दै आएको छ ।

यस छलफलका क्रममा भने रुसी राष्ट्रपति पुटिनले भने युक्रेनलाई आक्रमण नगर्ने जानकारी दिनुभएको बताइएको छ । सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका युक्रेनको अखण्डता र उसको स्वतन्ताप्रति प्रतिबद्ध रहेको बताउनुभएको थियो । त्यसैगरी सो वार्ताका क्रममा इरानको पारमाणविक सम्झौताका विषयमा पनि कुराकानी भएको पनि सो समाचारमा जनाइएको छ । (रासस-सिन्ह्वा)