१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि सेवा आयोगको मौखिक परीक्षा स्थगित



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको लिखित परीक्षा विवादमा परेपछि मौखिक परीक्षा स्थगित गरिएको छ। लिखित परीक्षामा त्रिविका उच्च पदाधिकारी र राजनीतिक नेतृत्वका आफन्त बढी उत्तीर्र्ण भएपछि त्यसको चर्को आलोचना हुँदै आएकामा पछिल्लो समयमा मौखिक परीक्षा स्थगित गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि लिखित परीक्षामा भएको अनियमिततामाथि अनुसन्धान अघि बढाएको छ। त्रिवि सेवा आयोगको खुला प्रतियोगिताअन्तर्गतको शाखा अधिकृत पदको २ जेठ २०७६ देखि हुने भनिएको अन्तर्वार्ता स्थगित भएको हो।

आयोगले २०७५ जेठमा खुला प्रतियोगिताअन्तर्गत प्रशासनिक तथा प्राविधिक तहका विभिन्न पदमा परीक्षा लिएको थियो। परीक्षा लिएको १० महिनापछि १४ वैशाखमा आयोगले नतिजा सार्वजनिक गरेको थियो। लिखित परीक्षाको नतिजा सार्वजनिक भएलगत्तै आयोगका पदाधिकारीले आफू निकट तथा उच्च राजनीतिक नेतृत्वको दबाबमा केही व्यक्तिलाई उत्तीर्र्ण गराएको भन्दै अख्तियारमा उजुरी परेको थियो। त्यसलगत्तै अख्तियारले सबै उत्तरपुस्तिका नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। कोइरालाका अनुसार त्रिवि सेवा आयोगको परीक्षा प्रणालीको अनियमितताको विषयलाई अख्तियारले उच्च प्राथमिकतासाथ अध्ययन अनुसन्धान गरिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ