१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

त्रिवि सेवा आयोग : छोरी परीक्षार्थी, बाबु परीक्षक

त्रिवि सेवा आयोग : छोरी परीक्षार्थी, बाबु परीक्षक
अ अ+ अ-

काठमाडौं । सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा प्रक्रिया बिहीबार अवरुद्ध भएको छ । सेवा आयोगका पदेन सदस्यसमेत रहेका लोकसेवा आयोग सदस्य ब्रह्मदेव रायले परीक्षा प्रक्रिया स्वच्छ र मर्यादित नभएको भनी आपत्ति जनाउँदै परीक्षा प्रक्रियामा सामेल हुन नसक्ने जनाएका थिए । लतत्तै सेवा आयोगले विशेष सूचना निकालेर परीक्षा स्थगित गरेको हो ।

त्रिवुभन विश्वविद्यालयले गत वैशाख १४ गते उपप्रशासकदेखि सवारी चालक तहसम्मका विभिन्न पदमा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको थियो । त्यस क्रममा सेवा आयोगका पदाधिकारीदेखि प्रशासकीय प्रमुखका नातेदार उत्तीर्ण भएका थिए । त्रिविसँग सम्बद्ध पदाधिकारी र पहुँचवालाका नातागोतालाई समेत पास गराइएको खुलासा भएको थियो । नातेदार सहभागी परीक्षामा पदाधिकारीहरु सामेल भएपछि उनीहरुमाथि ‘बदनियत राखेका’ आरोप लागेको छ । यसबारे अख्तियारले छानबिन गरिरहेको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।