१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी अधिकृतको मनोमानीः सरकारी ५९० रोपनी पत्नीका नाममा



अ+ अ-

काठमाडौं । जुम्ला गुठीचौर गाउँपालिका–४ मा रहेको राष्ट्रिय भेडाभाख्रा अनुसन्धान फार्मको तीन लाख वर्गमिटर जग्गा तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले पत्नी, छोरी र नातागोताका नाममा दर्ता गराएको पाइएको छ ।

अभिलेख अनुसार जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत न्यौपानेले सेवामा रहेका बेला ९२०६६० पत्नीसहित १४ जना नातागोताका नाममा पाँच सय ९० रोपनी जग्गा दर्ता गरेका हुन् । न्यौपाने अहिले सेवानिवृत्त छन् ।

न्यौपानेले पदीय अधिकार दुरुपयोग गरी भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा पत्नी, छोरी र नातागोताको नाममा दर्ता गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको नागरिक दैनिकमा खबर प्रकाशित छ ।