२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको संस्थापन समूहबाट सभापतिमा देउवालाई उठाउने निर्णय



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको  १४औँ महाधिवेशनमा संस्थापन समूहले  सभापतिमा शेरबहादुर देउवालाई नै उम्मेदबार बनाउने निर्णय गरेको छ । देउवा निवास बुढालिनकण्ठमा बसेको बैठकले सभापतिमा देउवालाई नै उम्मेदबार बनाउने निर्णय गरेको हो ।

बैठक पछि कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले भन्नुभयो 'देउवाकै नेतृत्वमा पार्टी जानुपर्छ र उहाकै नेतृत्वमा आम निवार्चनमा पार्टीलाई सफलता मिल्छ भन्ने धारण सबैले राख्नुभएको छ ।'  डा. महतले भन्नुभयो 'उहाँमा भिन्नमत भएका व्यक्तिहरुलाई पनि जोड्न सक्ने क्षमता  छ , उनलाई नै सभापति बनाउनु पर्नै  सबै सदस्यहरुको राय आएको छ ।'

सभापतिको बारेमा निर्णय भएपनि बैठकले अन्य पदाधिकारीहरुको बारेमा भने कुनै निर्णय गरेको छैन । पदाधिकारीहरुका बारेमा देउवाले आफूनिकट नेताहरुसंग परामर्स गरिरहनु भएको छ ।