१५ असार २०८३, सोमबार
,
Latest
चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीसी क्यामेरामार्फत ६ हजार चालक कारबाहीमा



अ+ अ-

काठमाडौं । तपाईं ट्राफिकलाई छलेर सवारी नियम मिच्दै हुनुहुन्छ रु होसियार १ तपाईंको सवारीलाई सडकमा राखिएका सीसी क्यामेराले नियाली रहेका छन् । वैशाख १३ गते माइतीघरमा पानी परिरहेका बेला पहेँलो नम्बर प्लेटको मोटरसाइकल चालकले सडक लेन मिचे ।

ति सवारी चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट फोन गयो । सुरुमा त उनले नियम मिचेको स्वीकारेनन् । ट्राफिकले नियम मिचेको दृश्य देखाएपछि उनी झस्किए । उनले पाँच सय जरिवाना तिरे र एक घण्टा कक्षा पनि लिए । एउटै अवधिमा उनीसहित २४ वटा मोटरसाइकल र स्कुटर चालकले लेन मिचेको कसुरमा कारबाहीमा परेका थिए ।

महाराजगञ्जस्थित नारायणगोपाल चोकमा पनि लेन मिच्ने थुप्रै मोटरसाइकल कारबाहीमा परेका छन् । वैशाख १३ मा ११ वटा मोटरसाइकल र स्कुटर कारबाहीमा परे । यी प्रतिनिधि घटना मात्रै हुन् ।

ट्राफिक महाशाखाले दैनिक डेढ सयदेखि साढे दुई सयको हाराहारीमा लेन मिचेका सवारी चालकलाई कारबाहीको दायरामा ल्याएको जानकारी महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले दिए । माइतीघर, थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, रामशाह पथ, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज, कलंकीमा लेन अनुुशासन पालन नगर्ने चालक कारबाहीमा परेका छन् ।

कारबाहीमा परेका अधिकांश चालक ट्राफिक महाशाखा पुगेर जरिवाना तिर्न आनाकानी गर्छन् । तर सीसी क्यामेराको फुटेज देखाएपछि जरिबाना तिर्न र एक घण्टे कक्षालाई स्वीकार्छन् ।

महाशाखाले २०७४ माघ २५ देखि हालसम्म ६ हजार ६१ वटा सवारीसाधनमाथि कारबाही गरिसकेको छ । महाशाखाको भवनमा सीसी क्यामेरा मनिटरिङ कक्ष छ । यसका अतिरिक्त महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा करिब चार सयको हाराहारीमा उपत्यकामा रहेको सीसी क्यामेराको कन्ट्रोल कक्ष छ । महाशाखासँग जोडिएको सीसी क्यामेराले नभ्याए महानगरीय प्रहरी कार्यालयकै सीसी क्यामेरा कक्षको सहयोगमा निचम मिच्ने सवारी चालकलाई कारबाही गरिँदै आएको जानकारी एसएसपी पन्तले दिए ।

‘भोज भतेरमा जाँदा कोही हतारमा देखिनु हुँदैन । जब सडकमा सवारी लिएर कुद्यो, तब सबैलाई हतार हुन्छ’, पन्तले भने, ‘हतारले दुर्घटना त निम्त्याउँछ नै, नियम मिच्दा कारबाहीमा पर्ने सम्भावना उत्तिकै हुन्छ ।’ अन्नपूर्णबाट ।