१५ असार २०८३, सोमबार
,
Latest
चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मदिरामा प्याड, पिसाब र फाटेका जुत्ता प्रयोग !



अ+ अ-

दाङ । दाङमा उत्पादन हुने घरेलु मदिरा (रक्सी) मा महिलाले महिनावारी हुँदा प्रयोग गरिएका प्याड र पिसाब प्रयोग हुने गरेको पाइएको छ । दाङमा घरेलु रक्सी बनाउनेहरुले अन्नसँगै महिलाले महिनावारीका बेला प्रयोग गर्ने प्याड, पुराना बोरा, जुत्ताचप्पल र पिसाबको प्रयोग गर्ने गरेको भेटिएको हो । सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मदिरा नियन्त्रण अभियानमा यस्तो अवस्था भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास संस्था, महिला र प्रहरीको संयुक्त सहभागितामा भएको अनुगमनमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा भेटिएको घरेलु रक्सीमा यस्ता चिज प्रयोग भएको पाइएको स्थानयी हेमराज शर्माले बताए । रक्सीका कारण समाजका झैझगडादेखि विभिन्न असामाजिक क्रियाकपाल भइरहेको ठहर गर्दै थालिएको समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडाका विभिन्न टोलबाट जफत गरिएको घरेलु रक्सीमा त्यस्ता वस्तु भेटिएको र घरेलु रक्सी हानिकारक भएको भेटिएको प्रहरीले बताएको छ ।

‘यो अभियान थाल्ने बेलामा हामीले कल्पना नगरेका वस्तुहरु रक्सी बनाउन प्रयोग गरिएको भेटियो, प्रहरी चौकी गोग्लीका इञ्चार्ज विष्णुबहादुर बुढाथोकीले भने, ‘भन्न पनि लाज लाग्छ । प्याड, प्याज राखेका पुराना बोरा, फाटेका जुत्ता चप्पल र मानिसको पिसाबसमेत घरेलु मदिरा बनाउँदा प्रयोग गरेको भेटियो ।’ स्थानीय स्तरमा उत्पादन हुने रक्सीमा विषाक्त पदार्थहरुको प्रयोग गरेको पाइएपछि रक्सीलाई नष्ट गरिएको बताइएको छ ।

अवैध रुपमा रक्सी उत्पादनले घरेलु हिंसा, समाजमा झैझगडा, स्वास्थ्यमा असर र आर्थिक नोक्सानी हुने भन्दै नियन्त्रण गर्न थालिएको घोराही उपमहानगरपालिका–४ का अध्यक्ष भीमबहादुर सार्कीले बताए । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।