
सुपरहिट हलिउड फिल्म ‘थोर’बाट एकका एक चर्चामा आएका ४२ वर्षिय अभिनेता इसाक क्यापीले आत्महत्या गरेका छन् ।
एरिजोनाको सार्वजनिक सुरक्षा विभागका अनुसार उनले एरिजोनाको फ्ल्यागस्टाफ नजिक एउटा पुलबाट राजमार्गमा हाम्फालेर आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्नुअगाडि उनले इन्स्टाग्राममा लामो सुसाइड नोट पोष्ट गरेका छन् ।
उक्त पोष्टमा उनले लेखेका छन्, ‘मैले सधैँभरि सोचेंँ कि म एउटा राम्रो मानिस हुन सकुँ । तर, यस्तो हुन सकेन किनकि मैले यस्तो गर्न सकिनँ । मेरो छवि एउटा खराब मानिसको छ । मैले धेरै मानिसहरुलाई धोका दिएको छु । ड्रग्स लिन्थेँ र आफ्नो शरीरलाई पनि नोक्सानी पु¥याउथेँ । म आफूप्रति एकदमै लज्जित छु ।’









