१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमा काम नगर्ने आठ ठेकेदार कालोसूचीमा



अ+ अ-

काठमाडौं । सम्झौताबमोजिमको काम नगर्ने आठ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा दुई चिनियाँ कम्पनीसमेत छन् ।

कार्यालयले ६ वटा निर्माण र दुईवटा आपूर्तिकर्ता कम्पनीलाई शुक्रबार कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्नेमा पिआर निर्माण सेवा, सीता निर्माण सेवा, एमके थ्रिस्टी जेभी, नेपाल स्वाभिमान प्रालि, नेसनल बायोमेडिकल प्रालि, सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक एन्ड ट्रेड कम्पनी लिमिटेड, चाइना साङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन र दिनेश कन्स्ट्रक्सन छन् ।

ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । त्यो अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।