२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा उम्मेदवार तय गर्न पौडेल पक्षको छलफल शुरु



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि सभापति र पदाधिकारीको उम्मेदवार ‘फाइनल’ गर्न लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल शुरु भएको छ । 

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सभापति र अरु पदका आकांक्षीहरु छलफलमा जुटेका हुन् ।

यही शुक्रबारदेखि काठमाडौंमा हुने कांग्रेसको महाधिवेशनका लागि संस्थापन र पौडेल पक्ष दुबैले अहिलेसम्म साझा उम्मेदवार चयन गर्न सकेका छैनन् ।

पौडेल पक्षबाट सभापतिका आकांक्षी डा. शशांक कोइरालाले दावी छाड्दै पौडेललाई अघि सारे पनि पौडेल, सिंह र शेखर कोइरालाले दावी छाडेका छैनन् । उपसभापति, महामन्त्री, सहमहामन्त्री पदमा पनि धेरै नेताहरु आकांक्षी छन् ।