१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल छर्किएर प्रहरीलाई आगो लगाएको आरोपमा थप एकजना पक्राउ



अ+ अ-

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा लगाएको आगो लगाएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार प्रदेश सांसदकै उपस्थितिमा बिहान ११ बजेको समयमा ३०–४० जनाको समूहले पेट्रोल छर्किएर आगो लगाउदा जलेर डिउटीमा खटिएकी प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी थिइन ।खड्काको हात, खुट्टा, शरीर र टाउकामा आगोले पोलेको छ । घाइते खड्काको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आरोपमा चितवन प्रहरीले थप एकजना व्यक्तिलाई आइतबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केपी लामिछाने रहेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । विहान पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय भरतपुर पठाइएको छ ।

लामिछाने कृषि विकास बैंक कर्मचारी यूनियनका पूर्वअध्यक्षसमेत हुन् । यसअघि घटना भएकै दिन प्रहरीले रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीलाई पक्राउ गरेको थियो । आगजनीको भिडियाको हेरेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

आगलागीबाट ढाटमा रकम सङ्कलन गर्न कर्मचारी बस्ने गरेको काउण्टर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले बताए ।

पूर्वी चितवनवासीले यसअघि नै सो ठाउँबाट ढाट हटाउन स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । शाहले चितवन क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य कृष्ण खनालको नेतृत्वमा आगो लगाइएको बताए । तर खनालले भने आफू घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको भन्दै आक्रोशित जनताले आगो लगाएको बताए ।

प्रहरी प्रशासनले ठेकेदारसँग आर्थिक प्रलोभनमा परी त्यहाँ ढाट राख्न दिएको भन्दै अब तत्काल ढाट नहटाए स्थानीयवासीले सहेर नबस्ने खनालले बताए ।