१९ आश्विन २०८१, शनिबार
,
Latest
कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरा मलेसियाको जेलमा, नेपाल ल्याइदिन ६० वर्षीया आमाको आग्रह



अ+ अ-

काठमाडौं । सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आउनुभएको छ ।

छ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली तीन वर्षअघि मात्रै वैदेशिक रोजगारीका निम्ति मलेसिया पुग्नुभयो ।

घरपरिवार, छोराछोरीको भविष्य बोकेर मलेसिया पुगेका नेपाली गएको वर्ष दिनमा नै जेल जीवन बिताउन बाध्य हुनुभयो । उहाँ विदेश गएपछि परिवारमा एक किसिमको खुशियाली छायो । एक वर्षभित्रै विदेश जाँदा लागेको ऋण चुक्ता गरिसकिएपछि घरखर्च, परिवारको खुशीका निम्ति कमाएर केही वर्षमा नै स्वदेश फर्कने योजना बनाउँदै आएका नेपाली जेल जीवन बिताउन बाध्य हुनुभयो ।

छोरो जेलमा छ भनेको सुनेपछि ६० वर्षीया आमा पवित्रा नेपालीको आँखामा आँशु रोकिएको छैन । घरमा पुग्ने जो कोही, छिमेकी, आफन्त देख्नेबित्तिकै छोरालाई नेपाल झिकाउने व्यवस्था गर्न आग्रह गर्नुहुन्छ ।

“उमेर ढल्कँदै गएको छ, छोराको पिरैपिरले बिरामी पर्न थालेको छु, धन कमाउन छोरो विदेश गयोभन्दा मनमा खुशी छाएको थियो, अहिले धन कमाउन त परै जाओस् अर्काको देशमा जेलमा छ भनेको सुन्दा मनमा पिरको भारीले थिचिरहेको छ”, उहाँले बिलौना गर्दै भन्नुभयो । छोराछोरी घरको आँगनमा कोही नयाँ व्यक्ति पुग्नै हुदैन, बाबा आउनुभयो भन्दै बाहिर निस्कन्छन् ।

मनबहादुर नेपाली त एक उदाहरणीय पात्र मात्र हो । उहाँ जस्तै धेरै नेपालीले यो समस्या भोगिरहेका छन् । बेरोजगारी समस्याले धन कमाउन खाडी मुलुकमा ऋण खोजेर जाने युवाले सोही रकम गाउँमै लगानी गरेर कमाउन सकिन्छ ।