१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडी जीप दुर्घटना अपडेट : पूजा गर्न हिँडेका दाजुभाईसहित तीन जनाको मृत्यु



अ+ अ-

बैतडी ।  बैतडीमा पूजा गर्न हिँडेका दाजुभाईसहित तीन जनाको जिप दुर्घटनामा मृत्यु भएको छ।

देहीमाडौँबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नं को जीप आज बिहान ११ः३० बजेतिर दशरथ चन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा अन्य तीन जना घाइते भएका छन् ।


मृत्यु हुनेमा  शरथचन्द नगरपालिका बाराकोटका अन्दाजी ६० बर्षीय हिराबल्लभ भट्ट र उनका भाई अन्दाजी ५३ वर्षीय लालमणि भट्टका साथै उनकै आफन्त अन्दाजी ५० वर्षीय नरुली भट्टरहेका छन् ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका–१० का अन्दाजी ४० वर्षका प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगर बस्ने अन्दाजी २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन् ।

घाइते मध्ये प्रकाशको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल बैतडीका मेडिकल अधिकृत डा. वसन्तराज जोशीले बताए। उनले भने ‘प्रकाश भट्टको अवस्था गम्भीर छ। हामीले रेफर गरिसकेका छौं। २ जनालाई पनि थप उपचारका लागि अन्यत्र लग्नै पर्छ।’

घटनास्थल अहिले प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी नेतृत्वको टोली पुगेको छ । जीप दुर्घटनाको कारण खुलेको छैन् । जीप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।