१४ आश्विन २०८१, सोमबार
,
Latest
बुधबारदेखि वर्षाको सम्भावना, कोशी प्रदेशमा भारी वर्षा हुने सुनको मूल्य तोलामा रु एक सयले घट्यो पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु १७ लाखसहित १६ जना पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई गए राति रु १६ लाख ९० हजार ५०० र १६ थान कौडासहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
  
कुटपिटबाट मृत्यु

यसैबीच अपरिचित व्यक्तिको कुटपिटबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार बस्ने ३३ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको छ ।

सोही नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोलाको फलामे पुलतर्फ जाने बाटोमुनि कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला परेका श्रेष्ठको उपचारका क्रममा मध्यपुर अस्पताल थिमीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न व्यक्तिको पहिचान नभएको र घटनाको विषयमा सूक्ष्म अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । (रासस)