१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको मदजुर संगठन फुट्यो



अ+ अ-

काठमाडौं । एकता नसकिदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट मजदुर संगठनमा फुट देखिएको छ ।

पूर्वमाओवादी निकट मजदुब संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले हालै भएको एकता प्रक्रिया नमान्ने बताएको छ ।

विधि, प्रक्रिया र पद्दतिविपरीत एकता गरिएको भन्दै गणेश रेग्मी नेतृत्वको महासंघले एकता नमान्ने चेतावनी दिएको हो ।

पूर्वएमाले र पूर्वमाओवादी निकट मदजुर संगठनबीच दुई दिनअघि मात्रै एकता घोषणा गर्दै संयोजकमा पूर्वएमालेबाट जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ र पूर्वमाओवादीको ट्रेड युनियनका महासचिव जगत सिंखडालाई सह संयोजक बनाइएको थियो ।

एउटा संगठनका अध्यक्ष संयोजक हुँदा अर्को संगठनका अध्यक्ष सह–संयोजक हुने विधि तय गरिएपछि त्यसलाई तोडेको भन्दै रेग्मी समूह असन्तुष्ट बनेको हो ।

रेग्मी नेतृत्वको असन्तुष्ट समूहले नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एकता प्रक्रियामा कमजोरी भएकाले नमान्ने भन्दै ज्ञापनपत्र बुझाएको छ ।

रेग्मीले पार्टीले तय गरेको एकतासम्बन्धी नीति र विधिविपरीत तथा मजदुरहरुको अहितमा रहेकाले स्वीकार गर्न नसकिने बताएको राजधानी दैनिकमा खबर प्रकाशित छ ।