२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमिलनाडु हेलिकप्टर दुर्घटना अपडेटः १४ मध्ये १३ जनाको निधन



अ+ अ-

एजेन्सी । भारतको तमिलनाडुमा कुन्नुर जंगलमा बुधबार दिउँसो १२ः३५ बजे सेनाको एमआई १७भी५ हेलिकप्टर दुर्घटनामा परी १३ जनाको निधन भएको छ । 

घना जंगलमा भएको उक्त दुर्घटनापछि हेलिकप्टरमा आगलागी हुन पुगेको थियो । 

भारतीय सेनाका सर्वोच्च कमाण्डर सीडीएस जनरल विपिन रावत, उनकी पत्नी मधुलिकासहित १४ जना सवार रहेको हेलिकप्टर दुर्घटनामा परी १३ जनाको निधन भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।

न्युज एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेस बाट वेलिंगटन जाँदै थियो । हेलिकप्टर १२ः३५ मा दुर्घटना हुन पुग्यो, अवतरण हुनुपर्ने स्थान दुर्घटना भएको स्थान भन्दा १० किलोमिटर वर रहेको बताइएको छ । 

घटनास्थलमा चिकित्सक, सेनाका कमाण्डर एवं अन्य उद्धारकर्ताहरु लगातार खटिइरहेका छन् । फेला परेका शवको सनाखत गर्ने प्रयास भइरहेको छ । 

कुनै शवहरु पहाडको तल देखा परेको बताइएको छ । हेलिकप्टर पूर्णरुपमा क्षतिग्रस्त र जलेको अवस्थामा रहेको छ ।

घनाजंगल र मौसम नखुलेका कारण हेलिकप्टर दुर्घटना हुन पुगेको बताइएको छ ।