१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्याण्डफिल्ड साइट नहुँदा बस्ती नजिकै फोहर



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा ल्याण्डफिल्ड लाइटको अभावमा बस्ती नजिकै फोहरमैला फालिँदा स्थानीयवासी मर्कामा परेका छन् । भिमाद बजारमा सङ्कलित फोहरमैला भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानास्थित सेती नदीको तिरमा फालिँदा स्थानीयवासी मर्कामा परेका हुन् ।

स्थानीयवासी एकबहादुर रानाले फोहर जलाएको धुवाँ र दुर्गन्धले गर्दा यहाँका स्थानीयवासीलाई सास्ती भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नदी छेउमा खुलारुपमा फालिएको फोहरले वातावरणलाई प्रदूषित बनाएको त छ नै, फोहरलाई व्यवस्थापन गर्न गलत तरिका अपनाएर आगो लगाई दिँदा दुर्गन्धले बस्तीमा बसि नसक्नुभएको छ ।”

भिमाद नगरपालिकाले स्थापना भएको दुई वर्ष बितिसक्दा पनि फोहर फाल्ने उचित ठाउँको व्यवस्थापन गर्न सकेको छैन । अव्यवस्थित तवरले नदी छेउमा खुलारुपमा फोहर फ्याँक्ने गरिएको छ । नदी छेउमा फ्याँकिएको फोहरलाई खाडलमा पुरेर व्यवस्थापन गर्नुको सट्टा जलाउने गर्दा धुवाँको मुस्लो र दुर्गन्धले स्थानीयवासी हैरान भएका छन् ।

नगरपालिकाले फोहर व्यवस्थापन गर्ने जिम्मा तनहुँ उद्योग वाणिज्य सङ्घ भिमाद बजार एकाइलाई दिइएको छ । एकाइ सभापति चतुर्भुज सुवेदीले भने व्यवस्थित तरिकाले नै फोहरको डम्पिङ गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा सङ्कलित फोहरलाई सेतीको तिरमा लगेर पुर्ने गरेका छौ । कवाडी सङ्कलन गर्नेले आगो लगाइदिने गरेका रहेछन् ।”

उहाँका अनुसार फोहर फाल्न उक्त ठाउँलाई छनोट गर्दा बस्ती थिएन । अहिले बस्ती बाक्लिदै गएपछि स्थानीयवासी प्रभावित भएको आफूहरुले पनि महसुस गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार फोहर फाल्नलाई वैकल्पिक स्थानको खोजी भइरहेको छ । उहाँले भन्नुभयो, “ल्याण्डफिल्ड साइट बनाउन नगरसँग प्रस्ताव गरिएको छ । जग्गाको खोजी भइरहेको छ ।”

भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले फोहर व्यवस्थापन गर्न ल्याण्डफिल्ड साइट निर्माण गर्न जग्गाको खोजी गरिएको बताउनुभयो ।