२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको श्रोत रहेको बताउनु भयो । उहाँले धर्ती रहुन्जेल नेपाल र नेपाली रहने र नेपाली रहुन्जेल राष्ट्रकविको संस्मरण भइरहने बताउनु भयो । मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको र यो  नेपालीहरुको लागि गौरवको विषय भएको बताउनु भयो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘उहाँको स्वर्गारोहणपछि पनि उहाँ हामी सबैको प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँ कालजयी हुनुहुन्छ । उहाँले रचना गरेका सम्पत्ति नेपालीहरुलाई छोडेर जानुभएको छ । यो सदा उच्च सम्मानका साथ नेपालीहरुले यसलाई आत्मसाथ गर्नेछन् । यो धर्ती रहुन्जेल नेपाल रहन्छ, नेपाल रहुन्जेल नेपालीहरु रहन्छन् र नेपालीहरु रहुन्जेल राष्ट्रकवि माधवप्रसाद घिमिरे सदैव पुस्तौँपुस्तासम्म उहाँको संस्मरण रहिरनेछ । त्यसलाई अझ ताजा स्मरण गराउन हामीले हुलाक टिकट प्रकाशन गरेका छौँ । यो सबैका निमित्त सन्तोष र गौरवको विषय हो ।’

कार्यक्रममा राष्ट्रकवि घिमिरेकी छोरी डा.किरण रेग्मीले मृत्युपछि पाएको हुलाक टिकटको सम्मान हरेक नागरिकका घरमा पुग्ने बताउनु भयो । उहाँले मानिसहरुले देहावसानपछि बिस्तारै बिर्सिंदै जाने भनेपनि उहाँका गीत र कविताहरुले कहिल्यै बिर्सिन नसकिने बताउनु भयो । डा. रेग्मीले गाउँछ गीत नेपाली भन्ने गीत राष्ट्रगानबाट हटाएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उक्त गीतमा नेपाल र नेपालीहरुको बारेमा सबै यथार्थ चित्रण गरिएकोले नेपालको बारेमा धेरै कुरा जानकारी मिल्ने समेत उहाँले बताउनु भयो ।

डा. रेग्मीले भन्नुभयो, ‘बुबाले मृत्युपश्चात् जुन यो मानसम्मान पाउनुभएको छ, यो घरघरमा जान्छ । पहिलाको सम्मानहरु कोठामा हुन्थे, विद्यार्थी, शोधकर्ताहरुका लागि मात्रै हुन्थे । मान्छे मरेपछि बिर्सिंदै जान्छ भन्छन् तर उहाँका कविता, गीतहरुले अझै भावुक बनाउँछ । राष्ट्रगानमा देशको सीमा, दलित, जनजाती सबैलाई छोएको गीत गाउँछ गीत नेपाली भन्ने थियो, अब हुन पाएन, केही कारणले होला, समयले होला । त्यो गीतले शरीर नै तात्थ्यो ।’

डा. रेग्मीले पिताका कविता र गीतहरुले राष्ट्रको परिचय दिने र कालजयी रहने बताउनु भयो ।