५ आश्विन २०८१, शनिबार
,
Latest
सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हप्ता नबित्दै कामीरिता शेर्पाको नयाँ कीर्तिमान



अ+ अ-

काठमाडौँ । आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ । शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको हो ।

कामीरितालो आज बिहान ६ः३८ बजे सगरमाथाको २४औँ पटक आरोहण गर्नुभएको सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गर्नुभएको थियो ।

उहाँ सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल हुनुभएको छ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो । सोलुखुम्बुको थामेगाउँमा जन्मनुभएका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५औँ पटक सगरमाथा आरोहण गरेर सन्न्यास लिने यसअघि नै बताइसक्नुभएको छ ।