२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगमा मच्छिन्द्रको जित



अ+ अ-

काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबविरुद्ध जित निकालेको छ । 

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लब विरुद्ध २–० को सहज जित निकालेको हो ।

मछिन्द्रको जितमा रंजित धिमालले एक गोल गर्दा जावलाखेलका सिमान्त थापाले मच्छिन्द्रलाई उपहार गोल दिए । १४ औं मिनेटमा जावलाखेलका सिमान्त थापाले आत्मघाती गोल गरेपछि मछिन्द्रले सुरुआती अग्रता बनाएको थियो । छिरिङ गुरुङले क्रस गरेको बल सिमान्तलाई लाग्दै बल गोलमा परिणत भएको थियो । 

अग्रता पाए पछि उच्च मनोबलका साथ खेलको मच्छिन्द्रले २१ औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । डिफेन्डर रंजित धिमालले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाएका थिए । बाँकी सयममा जावलाखेल खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकने र मच्छिन्द्रले स्पष्ट जित निकाल्न सफल रह्यो ।

जितसँगै मछिन्द्रले ३ खेलमा ७ अंक जोडेको छ । जावलाखेलको यो लगातार तेस्रो हार हो । १३ औं स्थानको जावलाखेलले अंक जोड्न सकेको छैन । खेलबाट मछिन्द्रका रंजित धिमाल म्यान अफ दि म्याच चुनिएर नगद १० हजार रुपैयाँ थाप्दा इमर्जिङ प्लेयर जावलाखेलका सिमान्त थापा चुनिए ।