१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगमा मच्छिन्द्रको जित



अ+ अ-

काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबविरुद्ध जित निकालेको छ । 

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लब विरुद्ध २–० को सहज जित निकालेको हो ।

मछिन्द्रको जितमा रंजित धिमालले एक गोल गर्दा जावलाखेलका सिमान्त थापाले मच्छिन्द्रलाई उपहार गोल दिए । १४ औं मिनेटमा जावलाखेलका सिमान्त थापाले आत्मघाती गोल गरेपछि मछिन्द्रले सुरुआती अग्रता बनाएको थियो । छिरिङ गुरुङले क्रस गरेको बल सिमान्तलाई लाग्दै बल गोलमा परिणत भएको थियो । 

अग्रता पाए पछि उच्च मनोबलका साथ खेलको मच्छिन्द्रले २१ औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । डिफेन्डर रंजित धिमालले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाएका थिए । बाँकी सयममा जावलाखेल खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकने र मच्छिन्द्रले स्पष्ट जित निकाल्न सफल रह्यो ।

जितसँगै मछिन्द्रले ३ खेलमा ७ अंक जोडेको छ । जावलाखेलको यो लगातार तेस्रो हार हो । १३ औं स्थानको जावलाखेलले अंक जोड्न सकेको छैन । खेलबाट मछिन्द्रका रंजित धिमाल म्यान अफ दि म्याच चुनिएर नगद १० हजार रुपैयाँ थाप्दा इमर्जिङ प्लेयर जावलाखेलका सिमान्त थापा चुनिए ।