१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमति जुट्न नसकि चाक्सीबारी बैठक सकियो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समुहको चाक्सीबारीमा बसेको बैठक सकिएको छ । 

सभापतिको साझा उम्मेदवार टुंगो लगाउन बसेको बैठक निस्कर्षमा नपुगी सकिएको हो । 

स्रोतका अनुसार बैठकमा अध्यक्षका आकांक्षी प्रकाशमान सिंहले आफू हुनै पनि हालतमा सभापतिको उम्मदवारीबाट ब्याक नहुने अड्डी लिएका थिए ।

उनीबाहेकका अन्य तीन आकांक्षीहरु रामचन्द्र पौडेल, सशांक कोइराला र शेखर कोइराला मिलेर जानुपर्ने पक्षमा सहमत भए पनि सिंहको अडानका कारण सहमति नजुटेको बताइएको छ ।

भोली बिहान ८ बजे अनुपम फुडल्याण्डमा अर्को बैठक बसेर निस्कर्ष निकाल्ने गरी आजका लागि बैठक उठेको स्रोतले जनायो ।