१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर हत्या प्रकरणः मिक्लाजुङ–८ मा रुखमा भेटियो झुण्डिएको अर्को शव



अ+ अ-

पाँचथर । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा गएराति ९ जनाको विभत्स हत्या भएको स्थानबाट केही किलोमिटर पर अर्का एक युवकको शव भेटिएको छ । मिक्लाजुङको वडा नं ८ मा मानबहादुर माखिमको शव भेटिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले घटनास्थलबाट पैदल हिँड्दा करिब डेढ/दुई घन्टा लाग्ने दूरीमा शव भेटिएको जानकारी आएको बताए । उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख घटनास्थलतर्फ गइरहेका छन् ।


अनुसन्धानको लागि एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थल ताप्लेजुङतर्फ हेलिकप्टरमार्फत १२ बजे प्रस्थान गरेको छ ।

घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

उक्त घटनामा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।