२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी अर्थमन्त्री लक्षित महामन्त्री पौडेलको कटाक्षः सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो, बजेट चुहावटको छानबिनमा मौनता छायो ‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोजरले खनेको खाल्टामा डुबेर मृत्यु



अ+ अ-

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–७ बाह्रबिसेमा डुबेर सात वर्षीय बालक मनिष श्रेष्ठको मृत्यु भएको छ । मरिणखोलामा पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ ।

मरिणखोलामा कालिका कन्स्ट्रक्सनले नियमविपरीत खाल्डो खनी कच्चा पदार्थ उत्खनन गरी खाल्डा नपुर्दा बिहीबार बालकको ज्यान गएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो ।

कालिका कन्स्ट्रक्सनका छत्रेबहादुर अर्यालले कन्स्ट्रक्सनको डोजरले मरिणखोलामा खनेका जोखिमयुक्त खाडल तत्काल पुर्ने प्रतिबद्धता जनाए पनि त्यसअनुरुप नगरेको उहाँको भनाइ छ । गत चैतमा गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, कालिका कन्स्ट्रक्सनका छत्रेबहादुर अर्याल, वन डिभिजन कार्यालय मरिणका वन अधिकृत दियालाल यादव, इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीको बैठकबाट चैत मसान्तसम्म मरिणखोलामा कन्स्स्ट्रक्सनले खनेका खाल्डा पुर्ने प्रतिबद्धता जनाए पनि हालसम्म नपुरेको पाइएको छ ।

यस्तै कन्स्ट्रक्सनले चैत मसान्तसम्म गाउँपालिका, वन डिभिजन, इलाका प्रहरी कार्यालयमा ‘इआईइए’ प्रतिवेदन उपलब्ध गराउने भनेको तर हालसम्म नबुझाएको बताइएको छ । इलाका प्रहरी कार्यालयले नियमविपरीत डोजरले मरिणखोलामा खाडल खन्दा जोखिम भएको भन्दै रोके पनि अटेर गर्दा यसअघि पनि हरिहरपुरगढी गाउँपालिका निवासी एक वृद्धको खाडलमा डुबेर मृत्यु भएको जनाएको छ ।