११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मत सर्वेक्षण नतिजा मिलेपछि टेलिभिजनमै रोए प्रदीप

मत सर्वेक्षण नतिजा मिलेपछि टेलिभिजनमै रोए प्रदीप
अ अ+ अ-

काठमाडौं । छिमेकी भारतमा १७ औं लोकसभा चुनावको अन्तिम मतपरिणाम आउँदै छ। ५४२ सिटमध्ये भारतीय जनता पार्टी एक्लैले तीन सयभन्दा बढी सिट जित्ने भएको छ भने उसको गठबन्धन राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) ३५० सिट पाउने भएको छ।

चुनाव सकिएकै दिन भारतीय सञ्चार माध्यममा यस्तो नतिजा आउन सक्ने मत सर्वेक्षण सार्वजनिक भएका थिए। तीमध्ये इन्डिया टुडे टेलिभिजन र एक्सिस माई इन्डियाको मत सर्वेक्षण एक थियो। उक्त मत सर्वेक्षणले पनि भाजपाको गठबन्धनले ३ सय ३९ देखि ३ सय ६५ सम्म सिट जित्ने र सबैभन्दा बढी सिट भएको उत्तर प्रदेशमा पनि भाजपाले ८० मध्ये ६० बढी सिट ल्याउने देखाएको थियो।

मत सर्वेक्षण सार्वजनिक भएपछि प्रतिपक्षी भारतीय कंग्रेसलगायत उसका सहयोगी दलले यी नतिजाहरू गलत भएको दाबी गरेका थिए। कतिपयले त भाजपाको पैसामा पूर्वाग्रही भएर मत सर्वेक्षण गरिएको आरोप पनि लगाएका थिए। धेरै आलोचकलाई पाँच वर्ष प्रधानमन्त्री बनेका मोदी फेरि सत्तामा फर्किन्छन् भन्नेमा शंका थियो। उनीहरूले सन् २००४ मा तत्कालीन प्रधानमन्त्री अटलबिहारी वाजपेयीको पालामा नमिलेजस्तै यसपालि पनि मत सर्वेक्षण नमिल्ने तर्क गरेका थिए। त्यतिबेला धेरै मत सर्वेक्षणले भाजपा गठबन्धन ल्याउने देखाएका थिए तर चुनावी परिणाममा कंग्रेस गठबन्धनले विजयी बन्यो।

तर उक्त मत सर्वेक्षण गरेका एक्सिस माई इन्डियाका प्रमुख प्रदीप गुप्ता आफ्नो टिमले गरेको काममा ढुक्क थिए। किनकी उनका प्रतिनिधि हरेक निर्वाचन क्षेत्रमा गएका थिए। झन्डै ८ लाख बढी मतदातासँग कुरा गरे। उनी आफैं पनि मत सर्वेक्षणमा खटिए।

यति हुँदाहुँदै पनि उनलाई मत सर्वेक्षण मिल्ला कि नमिल्ला भन्ने धुकचुक थियो। किनकी दुई दिनअघिमात्रै अष्ट्रेलियामा भएका झन्डै पाँच दर्जन मत सर्वेक्षण गलत सावित भएका थिए।

बिहीबार चुनावी परिणाम पनि आफ्नो मत सर्वेक्षणजस्तै आएपछि गुप्ता खुसीले रोए। इन्डिया टेलिभिजनमा पर्दामा उनले आँशु खसाले।

‘टिमका सबै साथीहरूप्रति मेरो विश्वास थियो। किनकी चालिस दिनदेखि उनीहरू सबै लोकसभा र प्रदेश सभा क्षेत्रमा निरन्तर मेहनत गरिरहेका थिए। कस्ता प्रश्न सोध्ने भन्नेबारे दिइएको तालिम नै हाम्रो अहिलेसम्मको सफलताको मुख्य कारण हो। फिल्डमा खटिने पाँच सय बढी मानिस हाम्रा सामर्थ्य हुन्,’ उनले भने।

गुप्ताको एक्सिस माइ इन्डियाले सन् २०१३ यता भारतमा भएका प्रदेश र लोकसभा चुनावको मत सर्वेक्षण गरिरहेको छ। र ती सबै चुनावमा मत सर्वेक्षण ९५ प्रतिशत सही सावित भएका थिए। उसले मत सर्वेक्षण गरेका ३६ मध्ये ३४ निर्वाचनमा अन्तिम नतिजा पनि मत सर्वेक्षणजस्तै आएको थियो।

२०१५ मा बिहारको विधान सभा चुनावमा नितिशकुमारको जनता दल, लालुप्रसाद यादवको राष्ट्रिय जनता दल र भारतीय कंग्रेससहितको महागठबन्धनले १ सय ८० सिट जित भन्ने एक्सिस माइ इन्डियाको मत सर्वेक्षण नपत्याएर सम्झौता गरेको टिभी च्यानलले प्रसारण गर्न मानेन। चुनावी नतिजामा महागठबन्धनले १सय ७८ सिट जितेको थियो। त्यसपछि गुप्ताले इन्डिया टुडे समूहसँग मत सर्वेक्षण प्रसारण गर्ने सम्झौता गरेका थिए।