११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘जि–२०’ को बौद्धिक समूह बैठकलाई सम्बोधन गर्न डा.महत टोकियोमा

‘जि–२०’ को बौद्धिक समूह बैठकलाई सम्बोधन गर्न डा.महत टोकियोमा
अ अ+ अ-

काठमाडौँ । विकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय मञ्च जि–२० लाई विश्वव्यापी रुपमा देखिएका दिगो विकासका चुनौतीहरुहरुका सन्दर्भमा आवश्यक सुझाव दिन बनेको बौद्धिक समूहरु टी–२० को शिखर बैठकमा सहभागी हुन नेपाली काग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत गए राति जापान जानुभएको छ ।

जापानको राजधानी टोकियोमा आजदेखि चार दिनसम्म (मे २४ देखि २७) सञ्चालन हुने सो शिखर बैठकमा पूर्व परराष्ट्र मन्त्री समेत रहेका डा.महतले जि–२० लाई आवश्यक सुझाव दिनका लागि बनेको उक्त बौद्धिक समूह बैठकलाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुने छ ।

जि२० समूहले दिगो विकासका लागि विश्वव्यापी रुपमा देखिएका चुनौतीहरुको समाधानका लागि आवश्यक सुझावहरु संकलन गर्न सो बौद्धिक समूहको गठन गरेको हो ।

सहमहामन्त्री डा.महतले ती चुनौतीहरुको समाधानका पक्षमा विश्वव्यापी सुशासन (ग्लोबल गभर्नेन्स) लगायतका विषयमा नेपालजस्तो अति कम विकसित राष्टहरुका तर्फबाट धारणा राख्नुहुने छ ।

सो बैठकमा जि२० समूहका सदस्य राष्ट्रका तर्फबाट विशेषज्ञहरुको सहभागिता हुने छ । ती देशका राष्ट्रिय नेताहरु तथा बौद्धिक समूहमा रहेका व्यक्तिहरुको उक्त शिखर बैठकमा सहभागिता रहने छ ।

पूर्व परराष्ट्रमन्त्री डा.महतले अतिकम विकसित देशहरुका तर्फबाट विशेष सम्बोधन गर्नुहुने उहाँको सचिवालयले जानकारी दिएको छ ।