१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर सामूहिक हत्याकाण्ड : भेटियो यस्तो प्रमाण



अ+ अ-

पाँचथर । जिल्लाको मिक्लाजुङ–३, आरुबोटेमा नौ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा दोषि आशंका गरिएका मानबहादुर माखिमको घर र आत्महत्या गरेको स्थानमा थप प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

मानबहादुर हत्याकाण्डमा मारिएका बमबहादुर फियाकका कान्छा ज्वाई हुन् । उनी मंगलबार रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । उनको मिक्लाजुङ–७, स्थित घर र आत्महत्या गरेको स्थलबाट थप प्रमाण बरामद गरिएको पाँचथर प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए ।

घटनाबारे थप अनुसन्धान गर्ने क्रममा माखिमको घरबाट रगत लागेको एउटा टिसर्ट र उनले आत्महत्या गर्दा प्रयोग गरेको जस्तै डोरी भेटिएको प्रहरी प्रवक्ता पौडेलले बताए । त्यस्तै हत्याराको शंका गरिएका माखिमले आत्महत्या गरेको स्थानबाट समेत एनसेलको एउटा सिम कार्ड बरामद गरिएको बताइएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।