६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथामा ९ दिनमा १० आरोहीको मृत्यु, विभाग भन्छ- वैज्ञानिक तरिकाले कारण खोज्छौं



अ+ अ-

काठमाडौं । सगरमाथा आरोहणमा निस्किएका एक बेलायती नागरिकको मृत्यु भएको छ । उनको मृत्युसँगै सगरमाथा आरोहणको क्रममा मृत्यु हुनेको संख्या ९ दिनभित्रै १० पुगेको छ ।

रबिन हेइनेस फिसर, ४४, को कम अक्सिजनका लागि परिचित ‘डेथ जोन’ भन्ने स्थानमा मृत्यु भएको हो ।

यता पर्यटन विभागले आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने उल्लेख गरेको छ ।

आइतबार विज्ञप्ती जारी गर्दै विभागले हिमालमा अनेक प्रतिकूलताका कारण मानिसको निधन हुने भन्दै केवल ट्राफिक चापका कारण निधन भन्ने आषयको प्रचारले सगरमाथाको महत्व र गरिमा होच्याउने काम गरेको उल्लेख गरेको छ ।

तर अनुभवी आरोही छिरिङ जाङ्बु शेर्पाले भने, ‘मैले थुप्रै पटक सगरमाथा आरोहण गरेको छु तर यसवर्षको वसन्त ऋतुको ट्राफिक जाम सबैभन्दा खतरनाक थियो,’ उनले न्यूयोर्क टाइम्सलाई भने ।

उनले आरोहिले अक्सिजनका अतिरिक्त बोतल नबोकेकाहरुको ट्राफिक जामका कारण मृत्यु भयो भएको बताए ।

विभागका अनुसार बसन्त ऋतुमा ३२ हिमालका लागि ११६ आरोहण अनुमतिमार्फत ८९५ जनालाई हिमाल आरोहणको अनुमति थियो ।

यस सिजनमा मात्र हिमाल आरोहणमा जाने र फर्कने क्रममा १६ जनाको मृत्यु भइसकेको छ । सगरमाथामा मात्र ८ जनाको निधन भएको छ ।