१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथामा ९ दिनमा १० आरोहीको मृत्यु, विभाग भन्छ- वैज्ञानिक तरिकाले कारण खोज्छौं



अ+ अ-

काठमाडौं । सगरमाथा आरोहणमा निस्किएका एक बेलायती नागरिकको मृत्यु भएको छ । उनको मृत्युसँगै सगरमाथा आरोहणको क्रममा मृत्यु हुनेको संख्या ९ दिनभित्रै १० पुगेको छ ।

रबिन हेइनेस फिसर, ४४, को कम अक्सिजनका लागि परिचित ‘डेथ जोन’ भन्ने स्थानमा मृत्यु भएको हो ।

यता पर्यटन विभागले आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने उल्लेख गरेको छ ।

आइतबार विज्ञप्ती जारी गर्दै विभागले हिमालमा अनेक प्रतिकूलताका कारण मानिसको निधन हुने भन्दै केवल ट्राफिक चापका कारण निधन भन्ने आषयको प्रचारले सगरमाथाको महत्व र गरिमा होच्याउने काम गरेको उल्लेख गरेको छ ।

तर अनुभवी आरोही छिरिङ जाङ्बु शेर्पाले भने, ‘मैले थुप्रै पटक सगरमाथा आरोहण गरेको छु तर यसवर्षको वसन्त ऋतुको ट्राफिक जाम सबैभन्दा खतरनाक थियो,’ उनले न्यूयोर्क टाइम्सलाई भने ।

उनले आरोहिले अक्सिजनका अतिरिक्त बोतल नबोकेकाहरुको ट्राफिक जामका कारण मृत्यु भयो भएको बताए ।

विभागका अनुसार बसन्त ऋतुमा ३२ हिमालका लागि ११६ आरोहण अनुमतिमार्फत ८९५ जनालाई हिमाल आरोहणको अनुमति थियो ।

यस सिजनमा मात्र हिमाल आरोहणमा जाने र फर्कने क्रममा १६ जनाको मृत्यु भइसकेको छ । सगरमाथामा मात्र ८ जनाको निधन भएको छ ।