१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वातावरण बिगार्नेलाई ५० लाखसम्म जरिवाना !



अ+ अ-

काठमाडौं । ख्याल गरौँ है अब वातावरण प्रदूषित गरेमा ५० लाख रुपियाँसम्म जरिवाना तिर्नुपर्नेछ । सरकारले हालै ल्याएको वातावरण संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त जरिवाना प्रस्ताव गरिएको छ ।

उक्त विधेयकअनुसार सरकारले राजपत्रमा सूचना प्रकाशित गरी वातावरण संरक्षणको दृष्टिले पूर्वसावधानी अपनाउनुपर्ने भएमा आवश्यक आदेश जारी गर्न सक्नेछ । संक्षिप्त वातावरण अध्ययन प्रतिवेदन स्वीकृत गराउनुपर्ने प्रस्तावको हकमा त्यस्तो प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत प्रतिवेदनको विपरीत हुने गरी कुनै प्रस्ताव कार्यान्वयन गरेमा ५ लाख रुपियाँसम्म जरिवाना हुन सक्नेछ ।

यस्तै प्रारम्भिक प्रतिवेदन परीक्षण प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत प्रतिवेदनको विपरीत हुने गरी कुनै प्रस्ताव कार्यान्वयन गरेमा १० लाख रुपियाँसम्म जरिवाना हुन सक्ने समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।