१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयका कर्मचारीमाथि हातपात, ११ जना नियन्त्रणमा



अ+ अ-

काठमाडौं । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधामा असहमति राख्दै आइतबार एक समूहले गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात गरेका छन् । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा टुंग्याउन गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

कार्यदलले विभिन्न प्रस्तावमा छलफल गरिरहँदा युवराज विकसहितको ११ जनाको टोलीले कर्मचारी र घाइते(अपाङ्गका प्रतिनिधिमाथि आक्रमण गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।द्वन्द्वका घाइते अपाङ्गलाई भत्ता, उपचार खर्चसहितको सुविधाको माग राख्दै केही समय पहिले उनीहरु अनसनमा बसेका थिए । त्यही माग सम्बोधन गर्न बनेको कार्यदलको बैठकमा कर्मचारीमाथि हातपात भएको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।