१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्रीलाई नै उल्लु बनाएर छोरीको परीक्षामा बाबु नै परीक्षा नियन्त्रक !



अ+ अ-

काठमाडौं । छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकका रुपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ। उनी बदनियतपूर्ण तरिकाले परीक्षामा सहभागी भएको भेटिएको छ।

स्रोतका अनुसार परीक्षाका दिन बिदा बसेका उनी प्रश्नपत्र बनाउन र उत्तरपुस्तिका परीक्षणमा भने संलग्न रहेको पुष्टि हुन्छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र शर्माले मिलेमतो गरी शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई समेत यस विषयमा झुक्याउन सफल भए।

शर्माकी छोरी ललितपुरको प्रसादी एकेडेमीबाट कक्षा १२ को परीक्षामा सहभागी हुँदै थिइन्। उनी प्रश्नपत्र छपाइमा संलग्न रहेको भन्दै बोर्डकै कर्मचारीहरुले असन्तुष्टि जनाएका थिए। उक्त कुरा सञ्चारमन्त्री हुँदै शिक्षामन्त्रीसम्म पुग्यो। मन्त्रीले चासो देखाए। परीक्षा सुरु हुनु २ दिन अघि शर्माले बिदा बस्ने निवेदन दर्ता गराए। शर्मालाई जिम्मेवारीबाट हटाउने निर्णय भयो। नियन्त्रक शर्मालाई परीक्षाबाट हटाइएको जानकारी मन्त्रीलाई दिइयो। तर, शर्मा मन्त्रीलाई समेत झुक्याएर मर्यादाविपरित परीक्षाका काममा पटक–पटक सहभागी हुँदै आएको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।