१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार अभियुक्त १४ वर्षपछि पक्राउ



अ+ अ-

अर्घाखाँची । लागू औषध मुद्धाका फरार अभियुक्त चौध वर्षपछि पक्राउ परेका छन् ।

फरार भएका व्यक्ति अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ बस्ने रोशन अलीमिया हुन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले रोशनलाई पक्राउ गरेको हो ।