६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सांसद सिंहले सोधे : सरकार र विप्लवबीच कुनै सम्बन्ध त छैन ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा सांसद अमरेशकुमार सिंहले ससरकारको नेतृत्व गरिरहेको नेपाल कम्यूनिष्ट पार्टी नेकपा तथा विप्लव समूहबीच कुनै सम्बन्ध त छैन भन्ने प्रश्न उठाएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले भने, ‘हिजो एउटा कम्युनिस्ट पार्टी संसदमा थियो अर्को बम विस्फोट गर्दै हिँडेको थियो। पछि एक भए। आज पनि एउटा बम आतंक मच्चाउँदै हिँडेको छ अर्को सरकारमा , कतै सरकारसंग सम्बन्ध त छैन ?’

सरकार र विप्लव समूहसँग साँठगाँठ त छैन भन्ने प्रश्न गम्भीर भएको भन्दै बादलले भने, ‘यी नाजायज प्रश्नहरु हुन् । यो प्रश्नलाई उल्टाएर हेर्दा कतै प्रश्नहरुको सम्बन्ध त छैन भन्न सकिन्छ । तर मलाई लाग्छ विषय त्यो होइन ।’

गृहमन्त्रीको प्रतिप्रश्नमा कांग्रेस सांसद एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले आपत्ति जनाए । उनले विस्फोटका घटनामा कुन सांसदको कहाँ संलग्नता छ गृहमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने नभए रेकर्डबाट हटाउनुपर्ने बताए ।

सभामुख कृष्णबहादुर महराले यसबारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको बताएका छन् ।