१ श्रावण २०८३, शुक्रबार
,
Latest
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने कुखुराजन्य उत्पादनको खपत बढ्न थाल्यो टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु साधारण तारेखमा रिहा भए एमाले उपाध्यक्ष विष्णु पौडेल रासायनिक मलको अभावबारे सांसदहरूको सरकारलाई प्रश्न : ‘गोदाममा मल छ भने किसानले किन पाएनन् ?’ मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौतीः साल्ट ट्रेडिङ मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइनः मन्त्री चौधरी रासायनिक मल आपूर्तिमा ठूला सप्लायरको अनिच्छा, झन्झटिलो ढुवानी प्रक्रिया मुख्य चुनौतीः प्रवन्ध सञ्चालक पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसभित्र महामन्त्रीको आकाँक्षीहरु एक दर्जनको हाराहारीमा



अ+ अ-

काठमाडौं।  नेपाली काँग्रेसको भोलि शुक्रबारदेखि १४ औं महाधिवेशन शुरु हुँदैछ । देशकै सबैभन्दा पुरानो र ठूलो पार्टी नेपाली काँग्रेसले यस महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्दैछ । 

यस महाधिवेशनमा विचार, सिद्धान्त र कार्यक्रममाथि बहस हुनुभन्दा पनि पछिल्ला गतिविधिहरु हेर्दा महाधिवेशन मुलतः नेतृत्व चयनमा बढी केन्द्रित भएको छ । खासगरी सभापति र अन्य प्रमुख पदाधिकारी पदहरुमा नेताहरुबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । 

सभापतिमा को को लड्दैछन् ?
पार्टीको सर्वोच्च पद सभापतिमा मुख्यतः दुई पक्षबीच भिडन्त हुनेछ । सभापति शेर बहादुर देउवाले आफू अरु एक कार्यकालका लागि उम्मेदवार हुने बताइसक्नु भएको छ । देउवासँग १३ औं महाधिवेशनमा सभापतिमा लड्नु भएका कृष्णप्रसाद सिटौलाले अहिले पनि देउवालाई नै समर्थन गर्ने तयारी भएको छ, र प्रदेश एवं जिल्लाहरुमा पनि त्यही अनुरुप समझदारी भएका छन् ।

उहाँलाई चुनौती दिने गरी वरिष्ट नेता रामचन्द्र पौडेल अगाडि आउने अपेक्षा गरिए पनि पछिल्लो समय उहाँले आफू उम्मेदवार नै नहुने बताउन थाल्नु भएको छ । देउवा इतरका नेताहरुबीच सहमति भए मात्र आफू उम्मेदवार हुने पौडेलको भनाई छ । तर प्रकाशमान सिंह, डा शेखर कोइराला र डा शशांक कोइरालाबीच सहमति नहुँदा साझा उम्मेदवार तय गर्न कठिन हुँदैछ । यस समूहले साझा उम्मेदवार दिन नसके देउवालाई सभापति जित्न सहज हुने अनुमान गरिएको छ । 

महामन्त्रीका आकाँक्षी बढे

पार्टीका गतिविधि संचालनमा महत्वपूर्ण भूमिका रहने महामन्त्रीका लागि धेरै आकाँक्षी मैदानमा देखिएका छन् । महामन्त्रीका आकाँक्षीहरुको व्यवस्थापन गर्न देउवा र पौडेल पक्ष दुबैलाई सकस परेको छ ।

देउवा प्यानलबाट महामन्त्रीका आकाँक्षीहरुमा डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, संचार मन्त्री ज्ञानेन्द्र कार्की, विश्व प्रकाश शर्मा, एनपी साउद, रमेश लेखक समेत रहेका छन् । 

उता पौडेल पक्षबाट डा मीनेन्द्र रिजाल, गगन थापा, धनराज गुरुङ समेतका नेताहरु महामन्त्रीका लागि दाबी गरिरहेका छन् । गगन थापाले आजै आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गर्दै हुनुहुन्छ भने डा रिजालले यसअघि नै उम्मेदवारी घोषणा गर्नु भएको छ । यो समूहबाट सभापतिका आकाँक्षीहरु पनि उपसभापति वा महामन्त्रीमा उठ्न सक्ने सम्भावना पनि त्यतिकै कायम छ । 

तर देउवा प्यानलसँग निकट रहेका कृष्ण सिटौला समूहबाट युवानेता प्रदीप पौडेलले पनि उपसभापति वा महामन्त्रीमा दाबी गरिरहनु भएको छ । सिटौलाले देउवासँगको अन्तिम बार्गेनिङ गर्न बाँकी नै रहेकाले प्रदीप पौडेलको अवस्था अनिश्चित नै छ ।