१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पप्पुका पुल र सडक अलपत्र



अ+ अ-

काठमाडौं । प्रदेश २ मा रहेका ठूला पुल तथा सडक निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले समयमा काम नगर्दा नागरिकले सास्ती झेल्नुपरेको छ ।

तराई मधेसमा महत्वपूर्ण मानिएको सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीका साथै महोत्तरीको रातो नदी पुल र दुई वटा सडकको ठेक्का लिएको पप्पुले समयमा काम नसक्दा वर्षायाममा हिलो र सुख्खायाममा धुलोले जनजीवन प्रभावित छ ।

सिरहा र धनुषाको सीमा भएर बग्ने कमलानदी र सिरहा सप्तरीको सीमामा बग्ने बलान नदीको पुल ठेक्का लागेको वर्षौ भए पनि अवस्था उस्तै छ ।

५५ करोड रुपैयाँभन्दा बढीको लागतमा ४ वर्षभित्र निर्माण पुरा गर्ने सर्तमा ठेक्का लिएको पप्पुले ९ वर्ष बित्दा पनि काम नसकेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै